राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएका छन्। आज बिहान पार्टीका नेताहरुसहित बालुवाटार पुगेका अध्यक्ष केसीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन्।
गणतन्त्र, संघीयता, राष्ट्रियता र जनजीविकाका विभिन्न विषय समेटेर प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउन राष्ट्रिय जनमोर्चाले ज्ञापन पत्र बुझाएको हो।
राष्ट्रिय जनमोर्चाले पुष्पकमल दाहाल नेतृत्वको अहिलेको सरकारलाई समर्थन गरेको छैन।