१८ मंसिर २०८०, सोमवार
१८ मंसिर २०८०, सोमवार

अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी

नेकपा एमाले निकट अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा समिक बडाल विजयी भएका छन्। २३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत गएराति भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा विजयी भएका हुन्।

त्यसैगरी अनेरास्ववियुको उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मार्यादा विष्ट, महासचिवमा नरेश रोकाया तथा कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन्।

सचिवमा सन्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, अन्जना शिवाकोटी, आरती भट्टराई, दीपेश प्रसाईं र बिनिता काफ्ले चुनिएका छन्।

सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएपछि गएराति विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो। निर्वाचनमा १५१७ मत खसेको थियो।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?