२० असोज २०८१, आइतवार
२० असोज २०८१, आइतवार

स्कटल्यान्डविरुद्ध टस जितेर नेपालले पहिले बलिङ गर्दै

नेपालविरुद्ध स्कटल्यान्डले शुक्रबार विश्वकप लिग-२ मा पहिला ब्याटिङ गर्ने भएको छ । नेपालले त्रिवि क्रिकेट मैदानमा टस जितेपछि फिल्डिङ गर्ने निर्णय गरेको हो ।

त्रिकोणात्मक शृंखलामा नेपाल र स्कटल्यान्ड दुवैको यो दोस्रो खेल हो । कुशल भुर्तेलको शतक र कप्तान रोहित पौडेलको ७२ रनमा नेपालले मंगलबार नामिबियामाथि २ विकेटको विजय हात पारेको थियो ।

नामिबियासँगको खेलबाट नेपालले ललित राजवंशीको स्थानमा गुलशन झालाई खेलाएको छ । ललितले नामिबियाविरुद्ध कुनै विकेट लिन सकेका थिएनन् । गुलशन नेपाली टोलीमा तेस्रो फास्ट बलरका रूपमा रहने छन् । उनले फास्ट बलिङमा सोमपाल कामी र करण केसीलाई सघाउने छन् ।

स्कटल्यान्डले बुधबार पहिलो खेलमा नामिबियामाथि १० विकेटका विजय हात पारेको थियो । जर्ज मुन्सीले ६१ बलमा १ सय ३ र कायल कोएटजरले ४६ रन बनाएका थिए । तर यी दुवै ओपनरलाई स्कटल्यान्डले नेपालविरुद्ध खेलाएको छैन । उनीहरूको स्थानमा ज्याक जार्भिस र टम म्याकेन्टसले एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्दैछन् ।

नामिबियामाथि विजय हात पारी स्कल्टल्यान्डले विश्वकप लिग-२ को उपाधि जितिसकेको छ । नेपाल २५ खेलमा २० अंक जोडी सात राष्ट्र सहभागी लिग २ को अंकतालिकामा छैटौं स्थानमा छ । नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन ११ मध्येको ७ खेल खेल्नु पर्नेछ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?