१२ मंसिर २०८०, मङ्लबार
१२ मंसिर २०८०, मङ्लबार

सांसद भण्डारीको मुम्बईमा उपचार जारी, आज शल्यक्रिया गरिने

ग्यास चुहिएर भएको आगलागीबाट घाइते भएका सांसद चन्द्र भण्डारीको भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचार जारी छ ।

सांसद भण्डारीको अवस्था स्थिर रहेको र आईसियुमा राखेर उपचार जारी रहेको उपचार समन्वयमा गएका नेपाली कांग्रेसका नेता योगराज कँडेलले मुम्बईबाट जानकारी दिएका छन् ।

सांसद भण्डारीका पारामिटरहरू सामान्य रहेको तर ४८ घण्टा भेन्टिलेटरमै राख्ने निर्णय भएको नेता कँडेलले बताए । भण्डारीको उपचारमा खटिएका डाक्टरहरूका अनुसार उनको हृदयको चाल पनि सामान्य रहेको र एन्टिबायोटिक्स निरन्तर दिइरहेको उनले बताए । भण्डारीको शरीरमा फ्लुडको मात्रा डबल गरी शुक्रबार बिहान १०:३० मा पहिलो र दिउँसो १:३० मा दोस्रो शल्यक्रिया गर्ने तयारी थालिएको उनले बताए ।

सांसद भण्डारीलाई बिहीबार दिउँसो श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको थियो ।

काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा जलेर घाइते भएका थिए । उनीहरूलाई बुधबार राति नै कीर्तिपुर अस्पताल लगिएको थियो ।सांसद भण्डारीकी ८६ वर्षीया आमा हरिकला भण्डारीको भने बिहीबार बिहान उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?