३ साउन २०८१, बिहिबार
३ साउन २०८१, बिहिबार

कार्यसम्पादन मूल्यांकनमा ७० अंक कटाउने अर्घाखाँचीका दुई नगरपालिका

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । नगरपालिका तथा गाउँपालिकाको कार्यसम्पादन मूल्यांकनमा ७५ प्रतिशत अंक ल्याउनेमा सन्धिखर्क नगरपालिका परेको छ । ११ सूचकका आधारमा प्रदेश र १७ सूचकका आधारमा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन गर्दा सन्धिखर्क नगरपालिकाले ७५ अंक पाएको छ ।

यस्तै अर्घाखाँचीको शितगंगा नगरपालिकाले ७१.१२ अंक पाएको छ । समग्र देशभरको कार्यसम्पादन मूल्यांकनमा नगरपालिका भन्दा गाउँपालिका अँगाडी देखिएपनि अर्घाखाँचीमा नगरपालिका अँगाडी देखिएको छ । ७० अंक कटाउने अर्घाखाँचीका दुई नगरपालिका परेका हुन् ।

सबैभन्दा राम्रो कार्यसम्पादन भएको महानगर भरतपुरले ७२.२२ अंक ल्याएको छ । उपमहानगरमा ७३.२४ अंकसहित बुटवल सबैभन्दा अगाडि छ भने नगरपालिकामा प्युठानले सबैभन्दा बढी ७७.२६ अंक ल्याएको छ । गाउँपालिकातर्फ भने बाँकेको नैरनापुर गाउँपालिकाले ७८.५१ अंक ल्याएर उत्कृष्ट भएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?