१२ मंसिर २०८०, मङ्लबार
१२ मंसिर २०८०, मङ्लबार

फागुन २५ देखि जजिराले भैरहवामा उडान भर्ने

जजिरा एयरलाइन्सले आगामी फागुन २५ देखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा–कुवेत र कुवेत–भैरहवा उडान गर्ने भएको छ । केही महिनादेखि उडान रोकेको उक्त एयरलाइन्सले उडान पुनस् सञ्चालन गर्ने जनाएको हो ।

यस विषयलाई लिएर सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही र जजिरा एयरलाइन्सका प्रतिनिधिबीच शुक्रबार भैरहवामा छलफल भएको थियो । २०७९ जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै विमानस्थल उद्घाटनको दिनदेखि कुवेतको जजिरा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो ।

जजिरा एयरलाइन्सको नेपालस्थित कर्मशियल व्यवस्थापक अमित नागरथले आगामी मार्च ९ तारिखदेखि पुनस् उडान सञ्चालन गर्ने जनाएको छलफलमा सहभागी सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्म प्रसाद न्यौपानेले बताए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान रोकिँदा निजी क्षेत्र निराश भएको अध्यक्ष न्यौपानेले बताए । उनले भने, ‘विमानस्थल सञ्चालनमा आएसँगै यहाँ होटल सञ्चालनमा लागि अर्बौं लगानी गरिएको छ । लगानी डुब्न नदिन पनि विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउनुपर्छ ।’

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?