१४ मंसिर २०८०, बिहिबार
१४ मंसिर २०८०, बिहिबार

राष्ट्रपतिमा सघाउन कांग्रेसको औपचारिक प्रस्ताव

प्रधानमन्त्री प्रचण्ड र कांग्रेसका शीर्ष नेताबीचको भेटवार्ता सकिएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा भेटवार्ता भएको हो । प्रधानमन्त्रीसँगको भेटवार्ता कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्ण सिटौला र महामन्त्री गगनकुमार थापा सहभागी थिए ।

वार्ता राष्ट्रपतिको आसन्न निर्वाचनमा लक्षित थियो । त्यसक्रममा प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपतिमा आफ्नो पार्टीका उम्मेदवारलाई सघाउन औपचारिक प्रस्ताव गरिएको कांग्रेसका एक नेताले जानकारी दिए ।

जवाफमा प्रधानमन्त्रीले आफू राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति चयन गर्नुपर्ने धारणामा कायम रहेको भन्दै यस विषयमा पार्टीमा औपचारिक छलफल गर्ने बताएका थिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?