२५ भदौ २०८१, मङ्लबार
२५ भदौ २०८१, मङ्लबार

ढिकुराको डेभा सामुदायिक स्वास्थ्य इकाईलाइ अक्सिजन कन्सर्नट्रेटर प्रदान

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अर्घाखाँची दिगो विकास केन्द्रले भुमिकास्थान नगरपालिका वडा नम्बर–९, ढिकुराको डेभामा रहेको सामुदायिक स्वास्थ्य इकाईमा कन्सर्नट्रेटर मेसिन प्रदान गरेको छ ।

स्वास्थ्य नै मानव विकासको प्रथम खुड्किला रहेकाले श्वासप्रश्वासको अती आवश्यक मानिने अक्सिजन कन्सर्नट्रेटर मेसिन प्रदान गरिएको अर्घाखाँची दिगो विकास केन्दका अध्यक्ष डा. जय बहादुर टन्डनले बताए । उनले अर्घाखाँची जिल्लाभर स्वास्थ्य सम्बन्धी गतिविधी गर्दै आएको भन्दै जिल्लामा आवश्यक कुनैपनि कुरामा पछी नहट्ने प्रतिबद्धता समेत व्यक्त गरे । ‘हामी जिल्लाभर विभिन्न शिविरहरु गरिरहेका छौं,उनले भने,‘स्वास्थ्य सामग्री पनि आवश्यक्ताका आधारमा प्रदान गरिरहेका छौं, समस्या परे जिल्लावासीका लागी सँधै उपलब्ध छु ।’

कार्यक्रममा अर्घाखाँची दिगो विकास केन्दका उपाध्यक्ष तथा नेपाल चिकित्सक संघका पुर्व अध्यक्ष डा. मुक्तीराम श्रेष्ठले आफुहरु निस्वार्थ मानव सेवामा समर्पित रहेको बताए । स्वास्थ्य क्षेत्र आफ्नो दख्खल र पहिचानको क्षेत्र भएकाले यसमा आफुहरुको जोड रहेको बताए । ‘हामीले काम गर्दै आएको क्षेत्र स्वास्थ्य क्षेत्र हो । हामीले अर्घाखाँचीको स्वास्थ्य क्षेत्रलाई उकास्न हर सम्भव प्रयास गरिरहेका छौं । काठमाण्डौमा कोही दुख पाएर बस्नुभएको छ भने सम्पर्क गर्न सक्नुहुनेछ ।’–उनले भने ।’

कार्यक्रममा स्वास्थ्यकर्मी लीलाराम गौतमले अर्घाखाँचीको स्वास्थ्य क्षेत्रमा डा। जय बहादुर टन्डन र डा। मुक्तीराम श्रेष्ठको ठुलो योगदान रहेको बताए । अझैपनि अपर्याप्त रहेकोले समय समयमा स्वास्थ्य शिविरहरु गर्न तथा स्वास्थ्यका अत्यावश्यक सामग्री खाँचो रहेको बताए ।

अक्सिजन कन्सर्नट्रेटर मेसिन बुझ्दै वडाध्यक्ष खेमराज चुँदालीले सामग्री प्रदान गर्ने अर्घाखाँची दिगो विकास केन्द्रलाई धन्यवाद ज्ञापन गरे । यस्ता खाले स्वास्थ्य सामग्री र अन्य सहयोगको अझै खाँचो रहेको औल्याउँदै वडाध्यक्ष चुँदालीले सहयोगको अपेक्षा गरे ।

कार्यक्रममा स्वास्थ्यचौकी ढिकुराका ईन्चार्ज भरत भुसाल, स्वास्थ्यकर्मी अनिता गैरे, नेपाली कांग्रेस ढिकुराका सभापती तिर्थराज घिमिरे, दिनेश जिएम, पत्रकार महासंघका कोषध्यक्ष रुद्रमणि भुसाल, पत्रकार लक्ष्मण घिमिरे, समाजसेवी पुर्ण बहादुर शाही, रुद्रविर थापा, शिक्षक ईटन भुसाल लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।

वर्तमान समयमा अत्यावश्यक तथा महत्वपुर्ण मानिएको कन्सर्नट्रेटर मेसिन पाएपछी ढिकुरावासी खुशी भएका छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?