२१ असोज २०८१, सोमवार
२१ असोज २०८१, सोमवार

चार दलको बैठक सकियाे, राष्ट्रपतिकाे उम्मेदवार टुंग्याउन साँझ ५ बजे पुनः बस्ने

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको अघिल्लाे गठबन्धनमा रहेका चार दलको बैठक सकिएकाे छ। साँझ ५ बजे फेरि बस्ने सहमतीसहित बैठक सकिएकाे हाे।

शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब चार घण्टासम्मको बैठकमा साँझ पाँच बजे पुन: बैठक बस्ने र राष्ट्रपतिको उम्मेदवार टुंग्याउने सहमति भएकाे छ।

शुक्रबार बिहान बालुवाटारमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाका शीर्ष नेताहरू सहभागी थिए । साँझ बैठक बस्नु अघि चार दलका शिर्ष नेताहरुले आ-आफ्नो दलमा आन्तरिक छलफल गर्ने  बैठकमा सहभागी नेताहरुले बताए।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?