राष्ट्रपतिको साझा उम्मेदवार तयार गर्नेबारे कांग्रेस र माओवादी सहित चार दलको बैठकमा फरक फरक प्रस्ताव आएपछि पुनस् पाँच बजे अर्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवासमा तीन घण्टा बढी चलेको बैठकमा कांग्रेसले आफ्नो तर्फबाट राष्ट्रपति हुनुपर्ने प्रस्ताव गरेको थियो ।
तर कांग्रेस बाहिरबाट बन्ने उम्मेदवारलाई पनि सघाउनुपर्ने प्रस्ताव अन्य दलले राखेपछि अहिलेको बैठक निष्कर्षमा पुगेन । बैठकपछि कांग्रेस महामन्त्री गगन थापाले विभिन्न प्रस्तावहरु आएको र साँझ ५ बजे बसेर साझा टुंगोमा पुग्ने बताए ।
‘बालुवाटारको बैठकमा विभिन्न प्रस्तावबारे छलफल भएको छ । अब आ- आफ्ना दलमा छलफल गरेर टुंगोमा पुग्छौुं उनले भने,’ अहिले प्रस्तावहरु आएपनि हामी सबै एउटै निष्कर्णमा पुग्ने भन्ने चाहिँ समझदारी छ ।’