२४ मंसिर २०८१, सोमवार
२४ मंसिर २०८१, सोमवार

कांग्रेसको प्रस्ताव : राष्ट्रपतिमा हामीलाई सघाउनुस्, माधव नेपाललाई कतै मिलाउँला

चार दलको बैठकमा कांग्रेसले राष्ट्रपति पद आफैले पाउनुपर्ने अडान राखेको छ । सत्तारुढ दल माओवादीसहित जसपा र एकीकृत समाजवादी पार्टीसँगको बालुवाटारमा बसेको बैठकमा कांग्रेसले आफ्नै उम्मेदवारलाई सघाउने प्रस्तावमा अडान दोहोर्‍याएको हो ।

राष्ट्रपति निर्वाचनको संघारमा समाजवादी मोर्चा बनाउने गृहकार्य गरिरहेका माओवादी, एकीकृत समाजवादी र जसपाले माधवकुमार नेपालको नाम अघि सार्दा कांग्रेसले भने आफ्नै उम्मेदवारलाई सघाउन प्रस्ताव राखेको हो । राष्ट्रपतिमा आफूलाई सघाएमा नेपाललाई सत्ता समीकरणका अन्य भागबन्डामा ठाउँ दिने कांग्रेसको प्रस्ताव गरेको छ ।

कांग्रेस सहमत भए राष्ट्रपतिमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पाँचदलीय गठबन्धनको साझा उम्मेदवार बनाउने, सहमत नभए उनलाई एक वर्ष सरकारको नेतृत्व दिने गरी मनाउने तयारीमा दलहरू रहेका छन् । उपराष्ट्रपति भने जसपालाई दिने कुरामा माओवादी र एकीकृत समाजवादी पार्टी एकठाउँमा रहेका छन् ।

बैठकमा सहभागी कांग्रेस महामन्त्री गगन थापाले दुवै पक्षबाट फरक-फरक प्रस्ताव आए पनि शुक्रबार साँझसम्म एउटै निर्णयमा पुग्ने समझदारी कायम भएको बताए । बैठकका बारेमा जानकारी दिँदै उनले भने, ‘कांग्रेसले राष्ट्रपतिमा आफ्नै उम्मेदवार प्रस्ताव गरेको छ । कांग्रेसबाहेकका दलले पनि उम्मेदवारको नाम अघि सार्नु भएको छ । तर हामी एउटा टुंगोमा पुग्ने भन्ने समझदारी भएको छ तर त्यसअघि आ(आफ्ना पार्टीमा छलफल गर्छौं ।’ लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीलाई पनि शुक्रबार साँझ बस्ने बैठकमा सहभागी गराइने बताइएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?