१० असार २०८१, आइतवार
१० असार २०८१, आइतवार

केपी ओली कप : एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा

 विभागीय टोली त्रिभुवन आर्मी क्लब केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । एन्फा कम्प्लेक्समा न्युरोड टिम एनआरटीलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो ।

निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । अब आर्मीले सेमिफाइनलमा सातदोबाटो युथ क्लबसँग खेल्नेछ । राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गरेको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ।

प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?