१४ मंसिर २०८०, बिहिबार
१४ मंसिर २०८०, बिहिबार

सन्धिखर्क नगरपालिका: डीप फ्रिज, घास काँट्ने र भकारो सोहोर्ने मेसिन वितरण

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले व्यावसायिक किसानलाई अनुदानमा डीप फ्रिज, विद्युतीय घाँस काट्ने मेशिन र भकारो सोहोर्ने हाईप्रेसर क्लिनर मेशिन वितरण गरेको छ ।

सन्धिखर्क नगरपालिकाको पशु सेवा शाखाले किसानका मागको आधारमा किसानलाई ५० प्रतिशत अनुदानमा डीप फ्रिज १९ वटा, ७५ प्रतिशत अनुदानमा विद्युतीय घाँस काट्ने मेशिन ९ वटा र ५० प्रतिशत अनुदानमा भकारो सोहोर्ने हाईप्रेसर क्लिनर मेसिन १८ वटा वितरण गरेको हो ।

पशुपालनमा लागेका किसानको सहजताका लागि विभिन्न प्रकारका मेशिन वितरण गरेको सन्धिखर्कका मेयर कृष्णप्रसाद श्रेष्ठले बताए। दुग्ध तथा मासुजन्य पदार्थको संरक्षण गर्नुका साथै समयको बचत गर्न र थोरै कामदारबाट धेरै पशुपालन गरी उत्पादन वृद्धि गर्ने नगरपालिकाले अपेक्षा लिएको उनको भनाइ छ ।

सन्धिखर्ककी उपमेयर आचार्यले व्यावसायिक कृषि र पशुपालनमा लागेको किसानलाई नगरपालिकाले सहयोग गर्ने बताईन्। आधुनिक र प्रविधीमैत्री तरिकाबाट कृषि र पशुपालन गर्दा किसानलाई बढी फाइदा हुने भएकाले विभिन्न प्रकारका मेशिन वितरण गरेको उनले बताईन्।

आफूहरूको मागका आधारमा नगरपालिकाले डीप फ्रिज, विद्युतीय घाँस काट्ने मेशिन र भकारो सोहोर्ने हाइप्रेसर क्लिनर मेशिन वितरण गरेकोमा खुसी भएको किसान बाबुराम पाण्डेले बताए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (100%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?