१५ मंसिर २०८०, शुक्रबार
१५ मंसिर २०८०, शुक्रबार

पछिल्लो घटनाक्रम मलाई थाहा छैन्, राष्ट्रपति एमालेकै हुन्छ: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति नेकपा एमालेको उम्मेदवार नै हुने दाबी गरेका छन्।  शुक्रबार प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन्।

अध्यक्ष ओलीले राष्ट्रपति एमालेको हुने कुरा पुस १० गते नै भनिसकेको उल्लेख गरे। उनले पछिल्लो घटनाक्रमबारे आफूलाई थाहा नभएको बताए।

उनले भने, ‘राष्ट्रपति एमालेको हुन्छ भन्नेकुरा त हामीले पुस १० गतै नै भनेका हौँ। अरु घटनाक्रम हामीलाई थाहा छैन।’

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?