२४ मंसिर २०८१, सोमवार
२४ मंसिर २०८१, सोमवार

अर्घाखाँची प्रिमियर लिग क्रिकेटको चौथो संस्करण आउँदो फागुन २३ गतेदेखी

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको चौथो संस्करण आउँदो फागुन २३ गतेदेखी सञ्चालन हुने भएको छ । अर्घाखाँची क्रिकेट संघले आयोजना गर्ने प्रतियोगिता फागुन २३ गतेदेखी ३० गतेसम्म हुनेछ ।

रोयल खाँचीकोट भगवती, ईलेभेन ब्रदर्स डिभर्ना, पुष्प वारियर्स र रोयल सन्धिखर्क गरी चार टिम सहभागी हुने उक्त प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख १ हजार रुपैंया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेता टोलीले नगद ५१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अर्घाखाँची क्रिकेट संघका जिल्ला अध्यक्ष ऋषिकेष भट्टराईले जानकारी दिए ।

उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, उत्कृष्ट फिल्डर, प्रतियोगिता अवधीभरमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडी, म्यान अफ द म्याच, म्यान अफ द सिरिज लगायतका विधामा पनी नगद सहित पुरस्कृत गरिने आयोजकले जनाएको छ । यस्तै दर्शक दिर्घामा बल समात्ने (क्याच गर्ने) लाई समेत पुरस्कृत गरिने भएको हो ।

एपिएलका तिन वटा संस्करण टेनिस बलले खेलाईएको थियो भने यसपाली ‘सिम बल’ ले खेलाईने छ । प्रादेशिक क्रिकेट संघले सिफारिश गरेका अनुभवी अम्पायरहरु समेत ल्याईने संघका अध्यक्ष भट्टराईले बताए ।

प्रतियोगिता समापन हुँदासम्म करिब १५ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ । टिम दर्ता शुल्क २० हजार रुपैंया लाग्ने र देशविदेशमा रहेका खेलप्रेमीहरुको आर्थिक सहयोगमा प्रतियोगिता गर्दै आएको अर्घाखाँची क्रिकेट संघले जनाएको छ ।

टिम कप्तान
रोयल खाँचीकोट भगवती- सागर खत्री
ईलेभेन ब्रदर्स डिभर्ना- आनन्द श्रेष्ठ
पुष्प वारियर्स बाबुराम- थापा
रोयल सन्धिखर्क- पदम मुखिया

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?