लक्ष्मण घिमिरे ।
अर्घाखाँची । कार्यदलले निर्णय गर्न नसकेपछी नेपाल शिक्षक संघ अर्घाखाँचीको नयाँ नेतृत्व चयन हुन सकेको छैन । शनिवारलाई तोकिएको अधिवेशनले नयाँ नेतृत्व चयन गर्न नसकेको शिक्षक संघले जनाएको छ ।
६ जनाले अध्यक्षमा दावी गरेका थिए । कार्यवाहक अध्यक्ष शारदा भट्टराई, नन्दराम भट्टराई, लालमणी पौडेल, कृष्ण पौडेल, नाम बहादुर भाट र राजेन्द्र पौडेलले जिल्ला अध्यक्षमा दावी गरेका थिए ।
नेतृत्व सर्वसम्मत छनौट गर्न ६ पालिकाका शिक्षक संघका अध्यक्षको कार्यदल बनाईएनी कार्यदलले निर्णय गर्न नसक्दा समयमै नेतृत्व छनौट हुन नसकेको हो । चार दिनसम्म बसेको कार्यदलले निर्णय गरेको भनेर कुराहरु आएपनी अन्तिम समयमा निर्णय हुन नसकेको भन्दै अधिवेशन स्थगित भएको घोंषणा गरेका थिए ।
कार्यदलका संयोजक डिल्लीराज थापाले कार्यदलमा सबै कुरा नमिलेकाले निर्णय गर्न कठिन भएको बताए । ‘हामीलाई थप समय चाहिने भएको छ,उनले भने,‘सबै कुरा मिलेपछी निर्णय गर्ने छौं, अर्को सुचना नगर्दा सम्म अधिवेशन स्थगित भएको छ ।’