लक्ष्मण घिमिरे ।
अर्घाखाँची । राष्ट्रिय मगर एकता दिवसका दिन जिल्लाको शितगंगा नगरपालिकाले सार्वजनिक दिने भएको छ । नगरपालिकाले फागुन १५ गते पर्ने मगर एकता दिवसका दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
मगर समुदायको बाक्लो उपस्थिती रहेको गाउँपालिकामा १५ गते सोमवार सार्वजनिक बिदा दिइएको नगरप्रमुख छविलाल पौडेलले जानकारी दिए । सार्वजनिक बिदाका दिन नगर भित्रका सार्वजनिक निकाय, सङ्घसंस्था, स्वास्थ्य संस्था, शिक्षण संस्था बन्द रहनेछन् ।
मगर समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा उनीहरुको पहिचान, भाषा संस्कृतिको संरक्षणका लागि दिवसका दिन सार्वजनिक विदा दिने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत झविन्द्र खनालले जानकारी दिए ।
मगर जातिको अधिकार र अस्तित्वको रक्षाको लागि एकजुट भएर लागेको सम्झना अर्थात् नेपाल मगर संघको स्थापनाको अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाउने गरिन्छ ।