२४ मंसिर २०८१, सोमवार
२४ मंसिर २०८१, सोमवार

१२औँ राष्ट्रपती रनिङ्गशिल्डको उपाधी भूमिकास्थानलाई

गोपालप्रसाद भट्टराई । 
१२औं राष्टपति रनिङ्गशिल्ड प्रतियोगिता अर्घाखाँचीको उपाधी भूमिकास्थान नगरपालिकाले उचालेको छ । सदरमुकाम सन्धिखर्क स्थित टुडिखेलमा सम्पन्न प्रतियोगितामा भलिबल खेल नसकिदै भुमिकास्थानले शिल्ड हात पारेको हो ।

१२औं सिजनको प्रतियोगितामा ११ अंक सहित शिर्ष स्थानमा रहदै भुमिकास्थान नगरपालिकाले शिल्ड जितेको जिल्ला खेलकुद विकास समिति अर्घाखाँचीले जनाएको छ । यता दोस्रो पटक शिल्ड लैजाने लक्ष्यका साथ मैदानमा उत्रिएको सन्धिखर्क नगरपालिकाले दोस्रो स्थानमा चित्त बुझाउनु परेको छ । समग्र खेल विधामा ९ अंक ल्याएर सन्धिखर्क दोस्रो भएको हो ।

जिल्लाका ६ वटै पालिकाबाट खेलाडी सहभागी भएको प्रतियोगितामा ६ अंक सहित शितगङ्गा नगरपालिकाले तेस्रो स्थान हासिल गरेको छ । यस्तै भलिबल पुरुष तर्फको उपाधी उचाल्न सफल मालारानी गाउपालिका प्रतियोगितामा चौथो भएको छ । भने महिला तर्फ कवड्डीमा जिल्ला प्रथम भै १ अंक ल्याएको छत्रदेव गाउपालिका पाचौं हुदा प्रतियोगितामा अंक बिहिन पाणिनी गाउपालिका पुच्छारमा रहनुपरेको छ ।

१२औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा १ सय देखि ३ हजार मिटर सम्मको दौड,४×१ सय र ४×४ सय मिटरको रिलेदौड, लङजम्प, त्रिपलजम्प, हाइजम्प, सटपुट, ज्यावलिङ्गथ्रो,कबड्डी र भलिबल गरि १० वटा विधामा छात्र र छत्रालाई प्रतिस्पर्धा गराइएको हो ।

प्रतियोगिताको उपाधी चुमेपछी खेलाडीलाई सम्मान र हौसला स्वरुप भुमिकास्थानले पन्चेबाजा बजाएर सन्धिखर्क र चुत्रावेसी बजार परिक्रमा गराइ विजयोत्सव मनाएको छ । विजयी र्‍यालीमा नगर प्रमुख झविलाल थापा, उप-प्रमुख बालकृष्ण बन्जाडे, प्रमुखप्रशासकिय अधिकृत नारायण पोख्रेल, भुमिकास्थान-८ का वार्ड अध्यक्ष राजकुमार श्रेष्ठ, शिक्षा शाखा प्रमुख तुवलाल सपकोटा सहित नगरको टिम विजयी खेलाडी तथा अन्य सरोकारवालाको सहभागितमा खुशियाली मनाएको बताइएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?