कोहलपुरमा नुहाउन गएका दुई जनाको डुबेर मृत्यु भएको छ। कोहलपुर नगरपालिका वडा नम्बर १३ र १० बीचमा पर्ने सिमरी बन्दास्थित डुडुवा खोलामा नुहाउन गएका उनीहरूको मंगलबार दिउसो डुबेर मृत्यु भएको हो।
कोहलपुर–१२ चौप्परगौडीका १५ वर्षीया मनसुन बराल र सोही ठाउँका अनिल भट्टराईको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।
‘पाँच जना व्यक्ति खोलामा नुहाउन गएका रहेछन्,’ उनले भने, ‘तीनजना खोलामा पसेनन्। दुईजना मात्र खोलामा पौडी खेल्न हाम फालेका रहेछन्।’