नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल गणतान्त्रिक नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका छन्। उनी तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन्। उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन्। उनका प्रतिस्पर्धी नेम्बाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरे।
बिहीबार सम्पन्न राष्ट्रपति निर्वाचनमा प्रतिनिधिसभातर्फ ३१३ जनाले र प्रदेशसभातर्फ ५१८ जना सदस्यले मतदान गरेका थिए।
राष्ट्रपति पदका लागि ९ दलिय गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका पौडेल र नेकपा एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष नेम्वाङले उममेदवारी दिएका थिए। निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेककिपा तथस्ट बसेका थिए भने अरु दलले मतदान गरेका थिए।
राष्ट्रपतिको निर्वाचन बानेश्वरस्थित संसद भवनमा बिहीबार बिहान १० बजेदेखि साँझ ३ बजेबीचमा सम्पन्न भएको हो। निर्वाचन सकिएको ४५ मिनेटपछि मतगणना सुरु भएको हो।