१२ मंसिर २०८०, मङ्लबार
१२ मंसिर २०८०, मङ्लबार

नेपाल तरुण दल र नेविसंघ अर्घाखाँचीले गरे दिप प्रज्वलन

लक्ष्मण घिमिरे।
अर्घाखाँची । राष्ट्रपतीमा नेपाली कांग्रेसले अँघी सारेको उम्मेद्वारले विजय हासिल गरेपछी नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ अर्घाखाँचीले दिप प्रज्वलन गरेका छन्।

रामचन्द्र पौडेल राष्ट्रपतीमा निर्वाचित भएको खुशियालीमा नेविसंघ र नेपाल तरुण दलले सन्धिखर्कको शान्ती-बगैंचामा मैनबत्ती बालेर खुशियाली मनाएको हो।

इमानदार र जिम्मेवार व्यक्ती राष्ट्रपती बनेकाले खुशियालीमा दिप प्रज्वलन गरिएको तरुण दल अध्यक्ष नारायण खड्काले बताए। देशको लोकतान्त्रिक आन्दोलनमा राष्ट्रपती पौडेलको भुमिका महत्वपुर्ण रहेको र पार्टी संगठन निर्माणमा उहाँको योगदान उच्च रहेको अध्यक्ष खड्काको भनाई छ।

कार्यक्रममा कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठ, पार्टी सचिव कृष्ण खनाल, प्रदेश सदस्य शान्ता भण्डारी, महाधिवेशन प्रतिनिधी छमा कार्की, नेता यादव प्रसाद घिमिरे, नेविसंघ अध्यक्ष भरतमणी भट्टराई, नेविसंघ नेता कृष्ण भुसाल, सन्धिखर्क १ का सभापती माधव श्रेष्ठ लगायत नेता कार्यकर्ताको उपस्थिती थियो।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?