आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्तर्गत नेपाल र यूएईबीचको खेल हेर्न कीर्तिपुर क्रिकेट मैदानमा ठूलो संख्यामा दर्शकको ओइरो लागेको छ ।
लिग २ को अन्तिम खेलमा आज नेपालले जिते आगामी जुन जुलाईमा जिम्बाबेमा हुने विश्वकप छनौट खेलमा छानिने हुनाले नेपाली खेलाडीको मनोबल बढाउन नेपाली दर्शक खेलमैदानमा विहान ७ बजेदेखि नै ओइरो लागेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । खेल विहान ९:३० सुरु हुने भए पनि क्यानले दर्शको भिड बढ्ने आँकलन गरेर विहान ७ : ४५ मा मैदान प्रवेश गर्ने गेट खोलिएको थियो ।
गेट खोल्नु अगाडी नै दर्शक कीर्तिपुर पुगिसकेका थिए । मैदान भित्र र बाहिर ठूलो भिड छ । सुरक्षाकर्मीलाई सुरक्षा दिननै कठिन अवस्थाछ । धेरै पटक समर्थक गेट तोडेर मैदान प्रवेश गरि सकेका छन् । केहि दर्शक पर्खाल नाघेर मैदान छिरेका छन् ।देशभरको कुनाकुनाबाट दर्शकआएपछि पुरै भरिएको छ । दर्शकहरु मैदानमा पञ्चेबाजा, नेपालको झण्डा, ब्यानर, बाजागाजासहित मैदान पुगेका छन् ।
मैदान भित्र लगभग पुरै भरिदा बाहिर पनि त्यतिनै समर्थक छन् । बुधबार नै ११ हजार टिकट बिक्री भएको थियो । त्यसैले बिहान देखिनै टिकट बेचिएको थिएन । यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल पनि विहान खेल शुरुहुँदा कीर्तिपुर क्रिकेट मैदान पुगेर खेलाडीको हौसला वढाएका थिए।