१९ मंसिर २०८०, मङ्लबार
१९ मंसिर २०८०, मङ्लबार

विमलेन्द्र निधि भन्छन्– प्रचण्डपछि माधव नेपाल, त्यसपछि देउवा प्रधानमन्त्री

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पहिलो चरणमा पुष्पकमल दाहाल प्रचण्ड, दोस्रो चरणमा माधव कुमार नेपाल र तेस्रो चरणमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका छन् ।

नेपाली कांग्रेस ललितपुर नगर समितिले विहीबार बिहान मंगलबजारमा आयोजना गरेको कार्यक्रममा निधिले निर्वाचन गराउने सरकारको नेतृत्व कांग्रेस सभापति देउवाले गर्ने बताएका हुन् ।

दलहरुबीच भएको सहमति अनुसार गठबन्धनको सरकार पाँच बर्षसम्म कायम रहने उनको भनाइ छ । उनले उपराष्ट्रपति निर्वाचन लगत्तै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने र कांग्रेस सरकारमा जाने पनि बताए । उनले प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिने बताए ।

नेपाली कांग्रेसका पूर्वउपसभापति निधिले कांग्रेसको अग्रसरतामा एमालेसँगको गठबन्धनबाट माओवादी मुक्त भएकोसमेत बताए । त्यससँगै नेपालको राजनीति कोर्ष करेक्सनमा गएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?