१२ मंसिर २०८०, मङ्लबार
१२ मंसिर २०८०, मङ्लबार

पाणिनी बहुमुखी क्याम्पसमा विद्यार्थीले लगाए ताला

लक्ष्मण घिमिरे ।
अर्घाखाँची  । पाणिनी बहुमुखी क्याम्पसमा संयुक्त विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् । शुक्रवार बिहान क्याम्पस प्रशासनको भवनमा तालाबन्दी गरेको विद्यालय प्रशासनले जनाएको छ ।

चार वर्षदेखि सञ्चालक समिति गठन हुन नसक्दा क्याम्पसको प्रशासनीक काम गर्न बाधा पुगेको, समिति नबन्दा स्ववियु निर्वाचन पनि अनिश्चित बनेपछी तालाबन्दी गर्न बाध्य भएको नेविसंघ नेता कृष्ण भुसालले बताए । ‘क्याम्पस राजनितिक दलहरुको बन्धक जस्तै भएको छ,उनले भने,‘क्याम्पसलाई निकास नदिएपछी तालाबन्दी गरेका हौं ।’

लामो समयदेखि सञ्चालक समिति बनाउन क्याम्पस प्रशासन र विद्यार्थी संगठनहरुले आग्रह गर्दा समेत अटेरी गरेपछी तालाबन्दी गरेको विद्यार्थी संगठनहरुका नेताहरुले बताएका छन् ।

नेविसंघ नेता कृष्ण भुसाल, अनेरास्ववियुका विक्रम नेपाली, अखिल (क्रान्तिकारी) का अध्यक्ष सुदिप खनाल, अनेरास्ववियूका प्रतिनिधि नविन विक, अखिल (छैठौं) का जिल्ला अध्यक्ष जीवन नेपाली, बहुमत नेतृत्वको अखिल (क्रान्तिकारी) का अध्यक्ष पदम नेपाली, विप्लव नेतृत्वको अखिल (क्रान्तिकारी) का अध्यक्ष हरी सी लगायत विद्यार्थी नेताहरुको सहभागीतामा तालाबन्दी गरिएको हो ।

संचालक समिति बनाउनुपर्ने माग राख्दै विद्यार्थी संगठनहरुले लामो समयदेखि प्रयास गरेपनि जिल्लाका राजनितिक दलहरुले निकास नदिएको अखिल (क्रान्तिकारी) का अध्यक्ष सुदिप खनालले जानकारी दिए । खनालले विद्यार्थी संगठनहरुको माग पुरा नभएसम्म ताला नखुल्ने बताएका छन् ।

चार वर्षदेखी पाणिनी बहुमखी क्याम्पसको सञ्चालक समिति गठन हुन नसक्दा यहाँको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन समेत अनिश्चित बनेको छ ।

सदरमुकाम सन्धिखर्कमा रहेको क्याम्पस विगत ४ वर्षदेखि सञ्चालक समिति विहिन छ । यस अघि ०७२ सालमा चेतनारायण आचार्यको अध्यक्षतामा सञ्चालक समिति बनेको थियो । क्याम्पसको विधान अनुसार प्रत्येक ३-३ वर्षमा क्याम्पस समिति गठन गर्नुपर्ने व्यवस्था छ । ०७५ सालमा गठन गर्नुपर्ने क्याम्पस सञ्चालक समिति त्यतिबेला विभिन्न कारणले बन्न सकेन । क्याम्पसले पटक–पटक क्याम्पस सञ्चालक समिति बनाउन आग्रह गर्दा समेत जिल्लाका राजनैतिक दलहरुले चासो नदेखाएको क्याम्पस स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?