१६ मंसिर २०८१, आइतवार
१६ मंसिर २०८१, आइतवार

चितवन-२ मा कांग्रेसका ‘जित’

कांग्रेसले चितवन-२ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा पूर्वजिल्ला सभापति जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

चितवन-२ बाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि १० वैशाखमा उपनिर्वाचन हुँदैछ । सो क्षेत्रमा यसअघि कांग्रेसबाट केन्द्रीय सदस्य उमेश श्रेष्ठ उम्मेदवार थिए । राष्ट्रिय स्वतन्त्र पार्टीले भने उम्मेदवार तय गरिसकेको छैन । यद्यपि उसले सभापति लामिछानेलाई नै उम्मेदवार बनाउने तयारी गरेको छ ।

पार्टीले टिकट दिने निर्णय गरेपछि जितनारायण श्रेष्ठले प्रतिक्रिया दिँदै आफ्नो जित सुनिश्चित रहेको बताएका छन् । उनले गत मंसिरको नतिजाको ठीक उल्टो परिणाम पनि आउने बताए । उनले भने, ‘मंसिरको उल्टो परिणाम आउँछ । जनतामा रहेको निराशाका कारण नतिजा त्यस्तो आयो । रविजीले प्रचारबाजी र फन्डा गर्नुभयो त्यसमा चितवनका जनताले हो कि भनेर झुक्किनुभयो । तर अहिले त्यो कुरा चितवनका जनताले बुझिसके ।’

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (100%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?