१५ मंसिर २०८०, शुक्रबार
१५ मंसिर २०८०, शुक्रबार

ढिकुरा कांग्रेसद्वारा भित्तेपात्रो विमोचन तथा नयाँ वर्षको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

रुद्रमणी भुसाल ।
अर्घाखाँची । नेपाली कांग्रेस भूमिकास्थान-९, ढिकुराले नयाँ वर्ष २०८० सालको भित्तेपात्रो विमोचन गरेको छ। विगतका वर्षमा जस्तै ढिकुराका प्रत्येक घरधुरीमा भित्तेपात्रो पुर्याउने उद्देश्य सहित ‘भित्तेपात्रो विमोचन तथा नयाँ वर्षको शुभकामना आदान-प्रदान कार्यक्रम’ आयोजना गरिएको कांग्रेस ढिकुराले जनाएको छ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका जिल्ला सभापती केशव श्रेष्ठले नेपाली कांग्रेस संगठन विस्तारका लागी प्रत्येक वडामा जाने बताए। जिल्ला पदाधिकारीको नेतृत्वमा संगठनको अवस्था बुझ्न तथा त्यहाँका आवश्यकता र समस्या पहिचान गर्ने काम सुरु भएको उनले जानकारी दिए।

कार्यक्रममा पुर्व सभापति कमल प्रसाद भुसालले आफुले निर्वाचन हारेपनि जनताको काममै केन्द्रित रहेको बताए। लुम्बिनी प्रदेश सदस्य शान्ता भन्डारी, जिल्ला उपसभापती बिष्णु भुसाल, सचिव कृष्ण खनाल, भुमिकास्थान नगर सभापती खडान्द बेल्बासे, महाधिवेशन प्रतिनिधी चन्द्रा गैरे, जिल्ला सदस्य सुर्य भुसाल लगायतले मन्तव्य राख्दै ढिकुरा वडा कार्य समितले उत्कृष्ट कार्य गरेकोमा प्रशंसा गरेका थिए। ।

कार्यक्रम वडा सभापती तिर्थराज घिमिरेको सभापतित्व, कोषाध्यक्ष डालविक्रम शाहीको स्वागत मन्तव्य तथा सचिव लक्ष्मण घिमिरेको सन्चालन सम्पन्न भएको हो ।

सोमवारदेखी ढिकुराका प्रत्येक घरधुरीमा क्यालेन्डर पुर्याईने कार्यसमितिले जनाएको छ। कार्यक्रममा ४ जना पार्टी प्रवेश पनि गरेका छन्।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?