१५ मंसिर २०८०, शुक्रबार
१५ मंसिर २०८०, शुक्रबार

स्वरोजगार बनाउन तालिम : अर्घाखाँचीका स्थानियतहमा निशुल्क ईलेक्ट्रिसियन तालिम हुँदै

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । रोजगारी सृजना गर्ने उद्देश्य सहित अर्घाखाँचीका स्थानियतहमा निशुल्क ईलेक्ट्रिसियन तालिम सञ्चालन हुँदैछ ।

उद्यमशीलता अभिवृद्धि गर्दै रोजगारी सृजना गर्ने उद्देश्यले तालिम आयोजना गर्न लागिएको हो । बैशाख दोस्रो सातादेखी मल्टी स्किल एण्ड ईनभायरमेन्ट डेभलपमेन्ट प्राली तथा CTEVT/ENSSURE परियोजनाको साझेदारीमा ईलेक्ट्रिसियन तालिम सञ्चालन गरिने संस्थाका परियोजना संयोजक केशव पन्थीले जानकारी दिए ।

यस तालिमबाट एक सय भन्दा धेरै युवाहरु लाभान्वित हुने छन् । पहिलो चरणमा सन्धिखर्क नगरपालिका र मालारानी गाउँपालिकामा तालिम आयोजना हुने आयोजकले जनाएको छ । सन्धिखर्कमा ६० जना र मालारानीमा ४० जनालाई ईलेक्ट्रिसियन तालिमको आयोजना गरिएको छ ।

तालिमले युवावर्गलाई आत्मनिर्भर बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने परियोजना संयोजक पन्थीको भनाई छ । ‘हामीले विशेष गरि युवाहरुलाई प्राथमिकतामा राखेका छौं,उनले भने,‘तालिम पछाडी केही गर्छु भन्ने युवाले सम्पर्क गर्नुहोला, तालीम निशुल्क नै हुनेछ ।’

अर्घाखाँची सहित गुल्मीको रेसुङ्गा नगरपालिका, मदाने गाउँपालिका र धुर्कोट गाउँपालिकामा पनि तालिम सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया
  • खुसी (80%)
  • दुःखी (20%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?