जासूस शृंखला ‘सिटाडेल’को विश्वव्यापी रिलिजअघि अभिनेत्री प्रियंका चोपडा र अमेजन स्टुडियोबीच पुनः सहकार्य पक्का भएको छ । यसपटक प्रियंकाले अमेजनको आगामी फिल्म ‘हेड्स अफ स्टेट’मा जोन सीना र इड्रिस एल्बासँग काम गर्दैछिन् । छायांकन मे महिनादेखि सुरु हुनेछ ।
‘नोबडी’ फिल्म निर्माता इल्या नाइशुलरले जोश एपेलबम र एन्ड्रे नेमेकद्वारा लिखित फिल्मलाई निर्देशन गर्दैछन् । फिल्मको कथावस्तुबारे खुलाइएको छैन यद्यपी यसलाई ‘एयरफोर्स वान’ र ‘मिडनाइट रन’जस्ता श्रृंखलाबाट प्रभावित हुनसक्ने बताइएको छ । निर्माताहरू सफारान कम्पनीका पिटर सफ्रान र जोन रिकार्ड हुन्।
सोनीको आगामी फिल्म ‘लभ अगेन’मा उनी देखिँदैछिन् । प्रियंकाले हालसालै ओस्कार मनोनित नेटफ्ल्क्सि फिल्म ‘द ह्वाइट टाइगर’मा अभिनय गरिन् जसको निर्माण पनि उनले गरेकी हुन् । उनको फिल्म ब्यानर पर्पल पेबल पिक्चर्सले हालै अमेजन स्टुडियोसँग फिल्म र टिभी सम्झौता गरिरहेको छ ।