२० असोज २०८१, आइतवार
२० असोज २०८१, आइतवार

नेपालीलाई भुटानी शरणार्थी बनाउने प्रकरण : एमाले अर्घाखाँचीले भन्यो ‘तथ्यहिन समाचार’

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै अवैध तरिकाले रकम असुली गर्नेमा अर्घाखाँचीका सांसद टोप बहादुर रायमाझी र उनका छोराको संलग्नता भएको खबरलाई निराधार र तथ्यहिन भनेको छ ।

एमाले विरोधीहरुले तथ्यहिन र भ्रमपुर्ण समाचार संप्रेषण गरेको भन्दै विरोधीहरुले मसालाको रुपमा लिएको जनाएको छ । एमालेका जिल्ला अध्यक्ष पिताम्बर भुसालद्वारा हस्ताक्षरित विज्ञप्तीमा एमालेका केन्द्रिय सचिव तथा सांसद टोपबहादुर रायमाझीमाथी सुनियोजित षड्यन्त्र भएको जनाईएको छ । एमालेका नेताहरुलाई खुईल्याउन सकिन्छ कि भनेर बेलाबेला यस्तो षड्यन्त्र भईरहेको भन्दै बदनाम गर्न प्रोपकाण्ड निकालिएको विज्ञप्तीमा उल्लेख छ ।

चैत्र २९ गते नेपाली कांग्रेस जिल्ला कार्य समितिले विज्ञप्ती जारी गरी सांसद रायमाझी सहित अमानविय कार्यमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याउन आग्रह गरेको थियो । त्यसको भोलिपल्ट (बिहिवार) एमालेले विज्ञप्ती जारी गर्दै यसलाई ‘सुनियोजित फण्डा’ भनेको छ । कांग्रेसले निकालेको विज्ञप्तीमा अपराधी घोषित गर्ने मनसाय देखिएको भन्दै उसले आपत्ती जनाएको छ ।

मिडियामा आएका आरोपहरुका सवालमा राज्यले उचित छानबिन गरी आरोप प्रमाणित भए कारवाही गर्न माग गरेको छ । आरोप प्रमाणित गर्न नसके बदनाम गराउन उद्दत तत्वहरुलाई साईबर अपराध अन्तरगत कारवाहीको दायरामा ल्याउन आग्रह गरिएको छ ।

राजनितिक आडमा गरिने बेथिती र भ्रष्टाचारको पर्दाफाश हुन जरुरी रहेको भन्दै कांग्रेस नेतृ सुजाता कोईराला नजिकका व्यक्तीहरुको समेत संलग्नता रहेको कुरा आएकोले छानबिन गरी कारवाहीको दायरामा ल्याउन कांग्रेस अर्घाखाँचीले माग गरेको छ।

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग पैसा उठाउने गिरोहलाई एमाले सचिव समेत रहेका सांसद रायमाझीले सहयोग गरेको पुष्टि भएपछी कांग्रेस अर्घाखाँचीले विज्ञप्ती जारी गरेर आपत्ती प्रकट गरेको हो ।

गिरोहका सदस्यले रायमाझीका छोराका नाममा काटेको डेढ करोडको चेक पनि प्रहरीले बरामद गरेको थियो । यो विषयमा प्रहरीले अनुसंधान अगाडी बढाईसकेको छ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?