लक्ष्मण घिमिरे ।
अर्घाखाँची । नेपाली कांग्रेसका जिल्ला सभापती केशव श्रेष्ठले नयाँ वर्षको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
अर्घाखाँची पोष्टसंगको कुराकानीमा उनले समस्त जिल्लावासी, देशवासी तथा परदेशमा रहनुहुने नेपालीजनमा नयाँ वर्षले थप उमंग ल्याओसु भनी सबैको उन्नती, प्रगती र सुस्वास्थ्यको कामना गरेका हुन् ।
आम मानिसले पनि सुख र खुशीका साथ नयाँ वर्ष मनाउन पाउने गरी देशले कोल्टे फेर्नुपर्ने उनको भनाई छ । ‘देशको राजनिती, विद्दमान आर्थिक समस्या, आम जनताका दुख समाधान गर्नेगरी सरकार अँघी बढ्नुपर्छ,उनले भने,‘सबैले सुख र खुशीको अनुभुती गर्न पाउनु पर्छ ।