लक्ष्मण घिमिरे ।
अर्घाखाँची । नेपाली कांग्रेसका केन्द्रिय सदस्य पुष्पा भुसालले नयाँ वर्षको अवसरमा जिल्लावासीलाई शुभकामना व्यक्त गरेकी छिन् ।
अर्घाखाँची पोष्टसंगको कुराकानीमा पुर्व उपसभामुख समेत रहेकी भुसालले समस्त जिल्लावासी आमाबुवा, दाजुभाई तथा दिदिबहिनीहरुमा मिठो सम्झना सहित नयाँ वर्षको शुभकामना व्यक्त गरेकी हुन् । साथै उनले देशवासी तथा प्रवासमा रहनुहुने नेपालीजनमा पनि नयाँ वर्षको शुभकामना व्यक्त गरेकी छिन् । उनले सबैको उन्नती, प्रगती र सुस्वास्थ्यको कामना गरकी छिन् ।
राष्ट्र राजनीतिक स्थिरता, सुशासन र आर्थिक सम्पन्नताको बाटोमा रहेकाले आम नेपाली नागरिकको सपना छिटै पुरा हुने उनको भनाई छ । ‘निर्वाचन पश्चात नेपालले एउटा गति लिएको छ,उनले भनिन्,‘विद्दमान समस्याको हल गरी सरकार अँघी बढ्दै छ । नेपाली को चाहना नयाँ वर्ष ले पूरा गरोस् ।’