लक्ष्मण घिमिरे ।
अर्घाखाँची । नयाँ वर्षको अवसरमा प्रदेश सांसद रामजी प्रसाद घिमिरेले शुभकामना व्यक्त गरेका छन् । नयाँ वर्षको अवसरमा जिल्लावासी, देशवासी तथा मित्रराष्ट्रहरुमा रहेका आम नेपालीजनमा उनले सुख, शान्ती, सुस्वास्थ्य एवं दिर्घायुको कामना गरेका छन् ।
अर्घाखाँची पोष्टसंगको कुराकानीमा एमाले प्रदेश सचिवालय सदस्य समेत रहेका सांसद घिमिरेले देश अहिले थप अस्थिरता तर्फ गईहरेकाले नयाँ वर्षसंगै सही मार्गमा जाओस् भन्ने कामना गरे । भुँई मान्छेले समेत अनुभुती गर्नेगरी काम गर्न उनले सरकारसंग आग्रह गरे । ‘देशको अवस्था जटिल छ, आर्थीक संकटले थप समस्या निम्त्याएको छ, सांसद घिमिरेले भने,‘सरकारको ध्यान त्यता छैन । नयाँ वर्षले सरकारलाई सही बाटोमा ल्याओस् यही कामना गर्छु ।’
उनले प्रदेश सरकारले महत्वपुर्ण निर्णय गरेकाले जिल्लावासीलाई खुशीको कुरा रहेको बताए । प्रदेश सरकार उद्योग, पर्यटन तथा यातायात व्यवास्था मन्त्रालयद्वारा जिल्ला स्थित घरेलु तथा साना उद्योग कार्यालयमा सवारी साधनहरुको सवारी कर बुझाउने र नविकरणको काम हुने गरि थप जिम्मेवारी दिने निर्णय भएकाले यो निर्णयले जिल्लावासीलाई धेरै राहत हुने उनको भनाई छ । सवारी साधनहरु कर तिर्न र नविकरणका लागि जिल्ला बाहिर दौडनु पर्ने झन्झट लाई अन्त्य गर्ने उनको भनाई छ ।