१४ मंसिर २०८०, बिहिबार
१४ मंसिर २०८०, बिहिबार

भुमिकास्थान ९, सुरसिंग ठुलो आगलागी क्षतीबाट जोगियो

अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर ९, सुरसिंगमा भएको आगोलागीमा  समयमै पुगेको नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले ठूलो क्षति हुनबाट बचाएको छ।

जंगलबाट सल्केको आगो एक्कासि बस्तीतर्फ प्रवेश गरेको थियो। बस्तीतर्फ आएको आगो नियन्त्रणमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाले गरेको निरन्तर प्रयासपछि बस्ती र घरगोठको ठूलो क्षति हुनबाट जोगिएको  हो ।

सबैले आगो नियन्त्रणमा लिने प्रयास गर्दागर्दै पनि सुरसिंगका भाष्कर मरासिनीको घर  जलेर नष्ट भएको छ। घर जल्दा झन्डै  २० लाख बराबरको क्षति भएको छ । दिनभर सुरक्षाकर्मी र स्थानीयले आगो नियन्त्रण लिने प्रयास गरे। अझैसम्म पूर्ण रुपमा आगो नियन्त्रणमा नआए पनि बस्तीतर्फ आउने सम्भावना कम छ।

भूमिकास्थान नगरपालिकाका नगर प्रमुख झबिलाल थापा, उपप्रमुख बालकृष्ण बन्जाडे, प्रमुख प्रशासकीय अधिकृत नारायण पोख्रेल, वडा अध्यक्ष राजकुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका सदस्य झुपलाल खनाल लगायतको टिमले आगोलागि भएको स्थानमा पुगेर स्थानीयको मनोवल उच्च बनाउने ट्यांकरमा भएपनि पानी पुर्‍याउने र नियन्त्रणको प्रयासमा खटिएको थियो।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (50%)
  • अचम्मित (50%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?