३ साउन २०८१, बिहिबार
३ साउन २०८१, बिहिबार

अर्घाखाँचीमा लडेर एक जनाको मृत्यु

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । जिल्ला अस्पताल अर्घाखाँचीमा लडेर गम्भिर घाईते भएका एक जनाको बुटवलमा मृत्यु भएको छ ।

छत्रदेव गाउँपालिका वडा नम्बर ४ का ४२ वर्षिय रोमकान्त लामिछाने लडेर बेहोस भएपछी थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पु¥याइएकोमा लामिछानेलाई चिकित्सकले मृत घोंषणा गरेका थिए ।

मिर्गि रोगले पिडित लामिछाने बल्कोटमा लडेपछी उपचारका लागी जिल्ला अस्पताल अर्घाखाँची ल्याईएको थियो । उनी फेरी अस्पतालमै लडेपछी बेहोस भएका थिए । टाउको र ढाडमा गम्भिर चोट लागेपछी थप उपचारको लागि प्रादेशिक अस्पताल बुटवल पु¥याइएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य समेत रहेका लामिछानेलाई चिकित्सकले सोमवार मृत घोषणा गरेको रास्वपाका जिल्ला संयोजक हरिप्रसाद भुसालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?