१२ मंसिर २०८०, मङ्लबार
१२ मंसिर २०८०, मङ्लबार

पाल्पामा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, १८ घाइते

पाल्पाको जोरधारामा बस दुर्घटना हुँदा १ महिलाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । बुटवलबाट पाल्पा हुँदै बाग्लुङ जाँदै गरेको लु १ ख ६९५६ नम्बरको बस तिनाउ गाउँपालिका ५ जोरधारामा सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार दुर्घटनामा घाइते भएकाहरुलाई प्रभासस्थित लुम्बिनी मेडिकल कजेलमा उपचारका लागि पठाइएको छ ।

मृतक महिलाको परिचय खुल्न नसकेको पनि प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?