२४ मंसिर २०८१, सोमवार
२४ मंसिर २०८१, सोमवार

बारामा जसपाले बुथ क्याप्चर गर्‍यो : सिके राउत

जनमत पार्टीका अध्यक्ष सिके राउतले उपचुनावका क्रममा बारा क्षेत्र नम्बर २ का विभिन्न मतदान केन्द्रमा जनता समाजवादी पार्टी जसपाले बुथ क्याप्चर गरेको आरोप लगाएका छन् ।

बारा क्षेत्र नम्बर २ मा उपचुनाव भएका केही मतदान केन्द्रमा आफू पुगेको बताउँदै उनले ४(५ वटा मतदान केन्द्रमा बुथ क्याप्चर भएको आरोप लगाए । ‘बेलडारी, झिटकैयासहित अरु १(२ वटा बुथहरु अहिले पनि कब्जा भएको स्थिति छ,’ राउतले भने, ‘हामीले प्रशासनलाई आग्रह गरेका छौं ।’ उनले पचरौताको बेलडारी बुथमा आफ्ना प्रतिनिधिलाई छिर्न नै नदिएको आरोप लगाए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?