२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

लुम्बिनीका मुख्यमन्त्री चाैधरीले सोमवार विश्वासको मत लिने

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादर चौधरीले सोमबार विश्वासको मत लिने भएका छन्।  शुक्रबार मन्त्रिपरिषद्को पहिलो बैठकले सोमबार (वैशाख १८ गते) मुख्यमन्त्री चौधरीले प्रदेशसभाबाट विश्वासको मत लिने निर्णय गरेको विनाविभागीय मन्त्री सन्तोष कुमार पाण्डेले जानकारी दिए।

उनका अनुसार सरकारलाई चाँडै पूर्णता दिनका लागि चौधरीले मुख्यमन्त्री नियुक्त भएको चार दिनमै विश्वासको मत लिन लागेका हुन् । संविधानले मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था गरेको छ। प्रदेशसभामा आफूअनुकुलको अंकगणित रहेकाले पनि मुख्यमन्त्रीले चाँडै विश्वासको मत लिन लागेका हुन्।

‍बिहीबार आठ दलका ५३ सांसदको समर्थनमा चौधरी मुख्यमन्त्री नियुक्त भएका थिए। ८७ सदस्यीय प्रदेशसभाबाट विश्वास प्राप्त गर्न ४४ सांसदको समर्थन प्रयाप्त हुन्छ। ‘यतिखेर गठबन्धन दलहरुका बीचमा भावनात्मक एकतापनि मजबुत छ,’ माओवादी केन्द्रका एक सांसदले भने ‘ त्यही भएर मुख्यमन्त्रीले जति हुन्छ छिटो विश्वासको मत लिनु राम्रो हो भन्ने निष्कर्ष होला।’

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय उत्पादनको पवर्द्धन गर्दै त्यसको बजारीकरण गर्न प्रदेशमा उपलब्ध स्रोतसाधनको उपयोग गर्ने निर्णय पनि गरेको छ।

बैठकले सरकारको कार्यकालभरी प्रदेशभित्र दुई लाख रोजगारी सिर्जना गर्ने महत्वाकांक्षी निर्णय पनि गरेको छ। त्यस्तैपर्यटन क्षेत्रलाई प्रमुख केन्द्रमा राखेर पर्यटकीय प्रदेश निर्माण गर्न  हदै सम्मको प्रयास गर्ने निर्णय पनि गरेको छ।  प्रदेश सरकार गाउँ–गाउँ र घर–घरमा छ भन्ने अनुभूति दिलाउने गरि काम गर्ने  निर्णय भएकोे विनाविभागीय मन्त्री पाण्डेले जानकारी दिए।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?