१६ मंसिर २०८१, आइतवार
१६ मंसिर २०८१, आइतवार

पाँच ओभरमा नेपालले लियो कुवेतको चार विकेट

एसिसी प्रिमियर कप अन्तर्गतको कुवेतविरूद्धको सेमिफाइनल खेलमा नेपालले पाँच ओभरमै चार विकेट लिएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२ ओभरमा २८१ रन बनाएको थियो। डिएलएस मेथडबाट रन घटाएर कुवेतलाई २८१ रनको लक्ष्य दिइएको हो।

सुरूमा बलिङ गरेका करण केसीले रन नदिइ पहिलो विकेट लिएका थिए। उनले अड्नान एड्रिसको विकेट लिएका हुन्। त्यसपछि बलिङ गर्न आएका सोमपाल कामीले पर्विन्दर कुमारको विकेट लिएका हुन्। उनको एलबिडब्लुमार्फत विकेट लिइएको हो। तेस्रो ओभरमा बलिङ गर्न आएका करण केसीले दुइ विकेट लिएका हुन्।

 

तपाईको प्रतिक्रिया
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?