१० असार २०८१, आइतवार
१० असार २०८१, आइतवार

निरा हत्या प्रकरण : झापाबाट पक्राउ परेका व्यक्तिलाई काठमाडौं ल्याइँदै

काठमाडौं कपनकी निरा पाण्डे आचार्यको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका झापा धुलाबारीका विनोद विकलाई प्रहरीले आज काठमाडौं ल्याउँदै छ ।

काठमाडौंको एक रेटुरेन्टमा बाउन्सर भएर समेत काम गरेका उनलाई प्रहरीले धुलाबारीबाट पक्राउ गरेको थियो । बिकलाई काठमाडौं ल्याउन उच्चस्तरीय छानबिन समितिका दुई जना डिएसपीसहितको टोली झापा पुगेको थियो । हत्या अनुसन्धान गर्न एआईजी किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरिएको छ ।

कपनको सरस्वतीनगरस्थित निरु किचनकी सञ्चालक निरा पाण्डे आचार्यको यही वैशाख ७ गते पसलमै हत्या भएको थियो । प्रहरीले निराको हत्यामा झापा धुलाबारीका विनोद विक संलग्न भएको भने पनि उनको संलग्नता कस्तो खालको हो भनेर स्पष्ट पारेको छैन ।

काठमाडौं ल्याइसकेपछि घटनाबारे विस्तृतमा जानकारी दिने प्रहरी स्रोतले बतायो । निरा अर्घाखाँचीको छत्रदेवबाट बसाईसराई गरेर काठमाण्डौमा व्यापार गर्दै आएकी थिईन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?