18 वर्षिया युवती महिला सिटमा बस्छिन, अस्पताल हिँडेका बिरामी बाजे छेउमा उभिन्छन् । हामीले त्यस्लाइ ‘महिला अधिकार’ को नाम दियौं ।
हिन्दु संस्कारमा जन्मेर गाई खाने भएका छन्, हामीले त्यस्लाइ ‘धर्म निरपेक्षता’ को नाम दियौँ ।
बाहुनको छोरोले परिक्षामा ९० ल्याउदै गर्दा ६० ल्याउनेले जातकै आधारमा सिट पायो’ , त्यसलाई ‘आरक्षणको’ नाम दियौ ।
संस्कारी बनाउला भनेकी छोरी , ‘मेरो शरीर नाङ्गो होइन , तिम्रो नजर बाङ्गो हो’ भन्न थाल्छे हामीले त्यस्लाइ ‘स्वतन्त्रता’ को नाम दियौं ।
यो सबैलाइ हामिले ‘परिवर्तन’ को नाम दियौं तर त्यो परिवर्तन होइन, ‘अराजकता’ थियो ।
अराजकताले ‘विकास’ होइन ‘विकृती’ भित्र्यायो अनि हामि प्रश्न गर्दै हिड्यौँ , “देश किन बिग्रियो” ?