आज राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समिति र संसदीय दलको बैठक बस्दैछ। केन्द्रिय समितिको बैठक बिहान ११ बजे र संसदीय दलको बैठक दिउँसो ३ बजे पार्टी केन्द्रिय कार्यालय बसुन्धारामा बस्नेछ।
आजको बैठकले पार्टी सभापति रवि लामिछानेलाई संसदीय दलको नेतामा चयन गर्नेछ। साथै सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा र सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने बारेमा पनि छलफल हुनेछ ।