२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

नेपाल र युएईको फाइनल पानिले रोकियो

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको एसिसी प्रिमियर कपको फाइनल वर्षाका कारण रोकिएको छ। आजको खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको थियो। नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरिरहेका थिए।

युएईले  १६ ओभर सकिँदा ५ विकेट गुमाएर ६० रनमात्र जोड्न सकेको थियो। त्यहीबीचमा पानी परेपछि खेल रोकिएको हो। अहिले पिचलाई छोपेर राखिएको छ।

एसिसी कपको विजेताले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउने भएकाले यो खेल निकै महत्वपूर्ण छ। आजको खेल हेर्न हजारौं नेपाली समर्थक कीर्तिपुर पुगेका छन्।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?