१ असार २०८१, शुक्रबार
१ असार २०८१, शुक्रबार

नेपालीलाई भुटानी शरणार्थी बनाउने प्रकरण : पूर्वगृहमन्त्री बादलका सल्लाहकार पक्राउ

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको भन्दै प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार इन्द्रजित राई लाई पक्राउ गरेको छ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको भन्दै प्रहरीले एमाले नेता रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा उनका सल्लाहकार रहेका राईलाई पक्राउ गरेको हो।

उच्च प्रहरी स्रोतका अनुसार राईलाई सादा पोशाकमा रहेको प्रहरी टोली मंगलबार बिहान ललितपुरको सुनाकोठीबाट पक्राउ गरेको हो। काठमाडौं प्रहरीको टोलीले ललितपुर प्रहरीसँग समन्वय गरेर उनलाई पक्राउ गरेको हो।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा राईको पनि संलग्नता देखिएकाले उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। यो प्रकरणमा अर्घाखाँचीका सांसद टोपबहादुर रायमाझी र उनका छोरा सन्दिप रायमाझीको समेत संलग्नता रहेको यस अँघीनै पुष्टी भएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?