१२ मंसिर २०८०, मङ्लबार
१२ मंसिर २०८०, मङ्लबार

नरपानी सहकारीको ताला तोडेर साढे ६ लाख नगद चोरी

लक्ष्मण घिमिरे ।
अर्घाखाँची  । अर्घाखाँचीको सन्धिखर्कमा सहकारीको कार्यालयबाट नगद तथा सिसिटिभी क्यामेराको हार्डडिक्स चोरी भएको छ ।

सन्धिखर्क नगरपालिका वडा नम्बर ६, नरपानीमा रहेको साना किसान कृषी सहकारी संस्था लिमिटेडको कार्यलयमा साढे ६ लाख भन्दा धेरै नगद रकम र सिसिटिभीको हार्डडिक्स नै चोरी भएको हो । आईतबार राति कार्यालयबाट नगद चोरि भएको सहकारीका कम्प्युटर अपरेटर प्रकाश महत्राले जानकारी दिए ।

उनका अनुसार सहकारी संस्थाको कार्यलय भित्रको लकरमा जम्मा गरि राखिएको छ लाख ६३ हजार ८ सय १० रुपैयाँ नगद र सिसिटिभि क्यामराको हार्डडिक्स चोरि भएको हो । ‘आईतवार राति नै कार्यालयको ताल्चा फोरेर चोरी भएको हुनसक्छ, उनले भने,‘सोमवार सार्वजनिक विदाको कारण हामी अफिस आएनौं मंगलवार मात्र थाहा पायौँ । सिसिटिभीको हार्डडिक्स पनी लगेछ ।’

घटनाबारे जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरीरहेको छ । पछिल्लो समय जिल्लामा चोरीका घटना बढेका छन् । गएको केही महिनामा सदरमुकाम र आसपासका क्षेत्रमा एक दर्जन भन्दा बढी चोरीका घटना घटेका छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?