२० असोज २०८१, आइतवार
२० असोज २०८१, आइतवार

गठबन्धन दलले आफूहरुलाई बाइपास गरे : अध्यक्ष नेपाल

सत्तारुढ गठबन्धन दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन दलभित्रै भए पनि आफ्नो पार्टीलाई बाइपास गर्ने काम भइरहेको गुनासो गरेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा आज भएको पत्रकार सम्मेलनमा उनले आफूहरूले गरेको योगदानलाई नबिर्सिन चेतावनी दिए ।

गठबन्धनलाई टिकाउने र निरन्तरता दिने कुरा भइरहँदा आफ्नो पार्टीलाई उपेक्षा गर्ने काम भैरहेको उनको गुनासो छ । अध्यक्ष नेपालले खासगरी कर्णालीमा आफ्नो पार्टीलाई पूरै बेवास्ता गरिएको भन्दै माओवादीको व्यवहारप्रति आपत्ति जनाएका छन् ।

उनले भने,‘कर्णालीमा हाम्रो पार्टीलाई पूरै बेवास्ता गरिएको छ । सरकारमा एकलौटी गर्न खोजिएको छ । यो राम्रो होइन । गठबन्धन टिकाउने कुरा भइरहेको छ, तर हामीलाई बाइपास गरेर पीडा दिइएको छ । यसले गठबन्धन धरापमा पार्न सक्छ ।’

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?