१२ मंसिर २०८०, मङ्लबार
१२ मंसिर २०८०, मङ्लबार

८६ दिनदेखि भोक हडताल गरिरहेका प्यालेस्टाइनी नेताको इजरायलमा ज्यान गयो

इजरायलको जेलमा ८६ दिनदेखि भोक हडताल गरिरहेका प्यालेस्टाइनका नेता खदिर अदनानको ज्यान गएको छ । इस्लामिक जिहाद समूहका वरिष्ठ सदस्य ४५ वर्षका अदनानको हिजो निधन भएको इजरायलको जेल सेवाले जनाएको छ ।

उहाँलाई बेहोस अवस्थामा पाइएको र उपचारका लागि तेल अवीवमा रहेको अस्पताल पुर्याए पनि बचाउन नसकिएको जेल सेवालाई उद्धृत गरी द टाइम्स अफ इजरायलले जनाएको छ । नेता अदनानलाई आतंकवादी समूहमा लागेको, समर्थन गरेको र नागरिकलाई उक्साउने काम गरेको आरोपमा गएको फेब्रुअरी ५ मा पक्राउ गरिएको थियो ।

पक्राउ परेपछि उनले अनशन थालेका थिए । जेलमा रहेर स्वास्थ्य परीक्षण वा उपचार गराउन अस्वीकार गरेका थिए । प्यालेस्टाइनले जेलमा रहेकै अवस्थामा अदनानको ज्यान गएको विषयलाई छानबिन गर्न माग गरेको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?