२१ असोज २०८१, सोमवार
२१ असोज २०८१, सोमवार

सलमानका लगातार १६ फिल्म सय करोड क्लबमा

सलमान खानको पछिल्लो फिल्म ‘किसीका भाइ किसीकी जान’ले आइतबार भारतीय बक्स अफिसमा १०० करोड भारुको आँकडा पार ग¥यो । खासै सुखद् ओपनिङ नगरेको यो फिल्म सय करोड क्लबमा पुग्ने सलमानको १६ औं फिल्म बनेको छ । घरेलु बक्स अफिसमा १०० करोड क्लब एक अभिनेता वा अभिनेत्रीको लागि सफलताको एउटा मापक पनि मानिन्छ ।

‘किसीका भाइ किसीकी जान’सँगै सन् २०१० देखि लगातार सय करोड क्लबमा आफ्नो फिल्मलाई प्रवेश गराउन सफल एक मात्र बलिउड अभिनेता समेत बनेका छन् सलमान ।

सलमानको सय करोड क्लबको सुरुवात फिल्म ‘दबङ’बाट सुरु भएको थियो । त्यसपछि रेडी, बडीगार्ड, एक था टाइगर, जय हो, किक, बजरंगी भाइजान, प्रेम रतन धन पायो, सुल्तान, ट्युबलाइट, टाइगर जिन्दा है, रेस ३, भारत, दबंग ३ र अब यो सूचीमा किसीका भाइ किसीकी जान प्रवेश गरेको छ ।

सलमानका समकालीन अभिनेताहरु यो दौडमा उनीभन्दा निकै पछि छन् । दोस्रो स्थानमा शाहरुख खान र अक्षयकुमार छन् । उनीहरुका ६/६ वटा फिल्म सय करोड क्लबमा पुगेका छन् । अक्षयका गोल्ड, २.०, केशरी, मिसन मंगल, हाउसफुल ४ र गुड न्युजमा सय करोड कमाएका फिल्म हुन् भने शाहरुखका लगातार ६ फिल्म यो सूचीमा छन् । शाहरुखका रा वन, डन २, जब तक है जान, चेन्नई एक्सप्रेस, ह्याप्पी न्यु इयर र दिलवालेले लगातार सय करोड आँकडा पार गरे । त्यसपछि भने उनको यो लय भत्किएको छ । उनले फेरि ‘पठान’बाट लगातार सय करोडको सुरुवात गर्नुपर्नेछ ।

यस्तै अजय देवगणले लगातार ५ फिल्म १०० करोड क्लबमा पु¥याएका छन् । उनका गोलमाल अगेन, रेड, टोटल धमाल, दे दे प्यार दे, र तानाजी लगायतार सय करोड बढी कमाइ गर्ने फिल्म हुन् । शाहरुखको जस्तै अक्षय र अजयको पनि लगातार सय करोडको लय भत्किएको छ ।

बलिउडका मिस्टर पर्फेक्सनिस्ट आमिर खान धूम ३, पीके, दंगल र ठग्स अफ हिन्दुस्तान फिल्मसहित चौथो स्थानमा छन् । त्यसपछि केही फिल्ममा उनको पनि लय भाँचियो । रणवीर सिंहले पनि लगायतार चार फिल्म सय करोड क्लबमा पारे तर पनि अहिले उनको पनि लय बिग्रिएको छ ।

लगातार सय करोडको सूचीमा ऋतिक रोशनका तीन, रणवीर कपुर, वरुण धवन र आयुष्मान खुरानाका २/२ फिल्म छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?