नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी विरुद्ध काठमाडौं प्रहरीले पक्राउ पुर्जी जारी गरिरहँदा उनी उनी गृह जिल्ला अर्घाखाँचीमा छन् ।
उनी आजै प्रतिनिधीसभाका सभामुख देवराज घिमिरेसंग छत्रदेवको एक कार्यक्रममा सहभागी हुन जिल्ला आएका छन् । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले रायमाझी सहित उनका छोरा सन्दिप विरुद्ध पक्राउ पुर्जी लिएको हो ।
बुधबार नै पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको प्रारम्भिक बयानका आधारमा अनुसन्धानलाई अगाडि बढाउन रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । उनी अर्घाखाँची बाटै पक्राउ पर्न सक्ने देखिएको छ ।