१ असार २०८१, शुक्रबार
१ असार २०८१, शुक्रबार

अर्घाखाँची : सुपा देउराली मन्दिर परिसरमा ढुंगाले लागेर एक महिलाको मृत्यु

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अर्घाखाँचीको सुपा देउराली मन्दिर परिसरमा माथिबाट खसेको ढुङ्गाले लागेर एक महिलाको मृत्यु भएको छ । मन्दिर परिसरमा पसल सञ्चालन गर्दै आएकी सन्धिखर्क नगरपालिका–७, बागमारा निवासी ३५ वर्षिय कल्पना थापाको ढुङ्गाले लागेर मृत्यु भएको वडाअध्यक्ष चुरा बहादुर केसीले जानकारी दिए ।

उनले मन्दिर परिसरमा पुजाका सामग्रीको व्यवसाय गर्दै आएकी थिईन् । पसल बाहिर बसिरहेको अवस्थामा माथिबाट खसेको ढुङ्गाले लागेर घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (93%)
  • अचम्मित (6%)
  • हाँस्यास्पद (1%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?