१ असार २०८१, शुक्रबार
१ असार २०८१, शुक्रबार

टोपबहादुर रायमाझीका छोरा सन्दिप पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ परेका छन् ।

उनी बुधबार बुटवलमा पक्राउ परेका र बिहीबार काठमाडौं लैजाने तयारी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरले बुधबार जिल्ला अदालत काठमाडौंबाट पूर्व उपप्रधानमन्त्री रायमाझी र उनका छोराविरुद्ध पक्राउ पुर्जी लिएको थियो ।सन्दीपले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउन एक करोडको ५० लाखको चेक लिएको पाइएको स्रोतको दाबी छ ।

गृह जिल्ला आएर टोप बहादुरले आफु यो प्रक्रियामा संलग्न नरहेको प्रतिक्रिया दिएका थिए। उनि बुधवार बेलुका नै काठमाण्डौ फर्किएका छन्। उनलाई पनि प्रहरीले पक्रने तयारी गरेको छ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?